२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तानब्बे सशस्त्र प्रहरी उपरीक्षकको सरुवा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटमा कार्यरत धुब्रबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत रमेशकुमार पाण्डेलाई सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जिम्मेवार प्राप्त नगरेका सशस्त्र प्रहरी उपरीक्षकलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको जानकारी दिनुभयो । “एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरेका छौँ”, उहाँले भन्नुभयो ।

एकमात्र कमाण्ड गरी हाल कमाण्डमा रहेका सशस्त्र प्रहरी उपरीक्षकलाई कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा रहने गरी सरुवा गरिएको प्रवक्ता थापाले बताउनुभयो । विगतमा सशस्त्र प्रहरी बल नेपालले पूर्वानुमान सूचीमै आधारित रही सशस्त्र प्रहरी नायब उपरीक्षक ९डिएसपी०, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा प्रणालीसमेत कार्यान्वयन गरिसकेको जनाएको छ । आगामी दिनमा पनि सरुवा तथा बढुवा सूचीलाई अझ परिमार्जन र परिस्कृत गरी पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्दै लैजाने प्रवक्ता थापाले बताउनुभयो ।रासस