२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरे: नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय



अ+ अ-

झापा । प्रतिनिधिसभाको सभामुख पदमा  निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन हुनुभएको थियो ।

झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मनुभएको हो । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गर्नुभएका उहाँले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।

काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके) को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो । विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उहाँ विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लाग्नुभएको थियो । उहाँले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोग्नुभएको थियो ।

विसं २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उहाँ भूमिगत राजनीतिकै क्रममा विसं २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बन्नुभयो । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता औपचारिक रूपमा प्राप्त गर्नुभएको हो । उहाँ ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, सङ्घर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल हुनुहुन्छ । उहाँ शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पु-याएका त्यागी, अनुभवी र परिपक्व नेताको रूपमा परिचित हुनुहुन्छ ।

सभामुख घिमिरे विसं २०५६ मा राष्ट्रियसभा सदस्य चयन हुनुभएको थियो । विसं २०७९ को आमचुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउण्डेशनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

उहाँ विसं २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठन विभाग प्रमुख, विसं २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, विसं २०४९ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पश्चात गठन भएको नेकपा (एमाले)को पाँचाै राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।

घिमिरे विसं २०५० मा नेकपा (एमाले)को मेची अञ्चल इन्चार्ज, विसं २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, विसं २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर १ को अध्यक्ष हुनुभएको थियो । रासस