४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३१ थान राहदानी सहित ३ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ७३१ थान राहदानी सहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार छ बजे काठमाडौँ २६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगर स्थित गुल्मी पल्लीकोट गेष्ट हाउसमा वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भई रहेको सूचना प्राप्‍त गरेपछि प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

होटलका कोठाहरुमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुका नाममा जारी भएका राहदानीसहित गुल्मीका ३८ वर्षीय मिन बहादुर सोमरे, सिन्धुलीका ४४ वर्षीय शेर नारायण श्रेष्ठ र कञ्चनपुरका ४४ वर्षीय लोकजन खड्कालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि श्री वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।