२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

मेलम्चीवासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

मेलम्चीवासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’
अ अ+ अ-

मेलम्ची , (सिन्धुपाल्चोक)। “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” 

यही असार १ गते आएको बाढीका कारण हेलम्बु बसपार्कमा रहेको उहाँको २४ सटरको पसल र घर पूरै बगरमा परिणत गरिदिएको छ । लामालगायत तीन जना मिलेर झण्डै ४० करोडको लगानीमा पसल शुरु गर्नुभएको थियो । आफूले जिन्दगीभर कमाएको पैसा र बैंकमा ऋण लिएर बनाएको घर क्षणभरमा नै बगर बनेपछि उहाँ अहिले घर न घाटको हुनुभएको छ । उहाँले भन्नुभयो, “हामीले दुःख गरेर २६ वर्षमा बनाएको घर बगाउन २६ मिनेट पनि लागेन ।”

लामाले छ वर्ष पहिले बनाएको घर एक महिनाअघि लेदोसहित बाढी आउँदा ढुङ्गा, इँटा, खापासमेत नदेखिने गरी उहाँको घर बगायो । सुनचाँदी र पैसा बगायो । रासन र भान्साका सामान बगायो । ओढ्ने ओच्छ्याउने र लगाउने लुगा केही बाँकी रहेन ।  

खोला नजिकै घर भएकाले गत वर्षमा पनि उहाँ वर्षाको समय रातमा ब्याट्री लिएर खोला हेर्ने र हिमालका मान्छेसँग सम्पर्क गरेर बाढी आए नआएको बुझ्ने गर्नुहुन्थ्यो । त्यो दिन पनि खोला सानो भए पनि धमिलो आएपछि उहाँले पहिले आफ्नो घर भएको ठाउँ पाँचपोखरी थानपालका आफन्तलाई फोन गर्ने प्रयास गर्नुभयो । दुई बजेबाट फोन गर्न प्रयास गरिरहँदा अपराह्न ५ बजे सम्पर्क भएर त्यहाँको गाउँ बगेको सूचना पाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो त यहाँ घर बगिसक्यो आफू र परिवार सुरक्षित गर्नु भनेर मलाई खबर आएपछि घर छाड्न थाल्यौँ ।”

त्यो कुराकानीको आधा घण्टामा बाढी आएको थियो । हतारहतारमा उहाँले परिवार र आफन्तलाई घरबाट निकाल्नुभयो र सटर लगाएर आफू निस्कनुभयो । त्यतिबेला आफू बाँचियो भने त्यही ठूलो कुरा भनेर उहाँलाई घरभित्रका सामानको कत्ति पनि लोभ लागेन । आफू मात्रै बाँच्नुभन्दा पनि सबैलाई बचाउनुपर्छ भनेर बजारमा सबैतिर हल्ला गर्दै कुदेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भाग्दै गर्दा रुख र लेदो आएको थियो ।” 

हतारमा घर छाडेर जाँदा घर र सामान केहीको मतलब नभए पनि अहिले उहाँ दैनिक बगरमा बदलिएको आफ्नो घर भएको जग्गामा पुग्नुहुन्छ । हरेक दिनजसो कहिले  डेक्ची, कराइलगायतका भान्साका फुटेको सामान भेटिएको लामाले बताउनुभयो । उहाँको घरसँगै जिन्दगीभरको कमाइले जोड्नुभएको सम्पत्ति सुनचाँदी, पैसा सबै खोलाले बगाएर लगेको छ । जिजुबाजेका पालाको चिया खाने भाडा बगेर गयो । बन्दाबन्दी खुल्ने आशाले उहाँले चार पाँच लाख जतिको चाँदीको सामान र दुई लाखको समान थप्नुभएको थियो ।

 रासन त्यस्तै पाँच छ लाखको थपेको बताउनुभयो । “अहिले जीउमा लगाएको लुगा र कुरा गर्दै भागेकाले एउटा सानो मोबाइल मात्रै बाँकी छ ।”अपरान्ह ५।३० भागेर बजार नजिकै चोकमा गएर बस्नुभएको उहाँ त्यहाँ पनि खोला आउँछ भनेपछि इन्द्रेश्वरी मावि पुग्नुभयो । रातभर जागै बसेर आफ्नो घरतिर हेर्दै हुनुहुन्थ्यो । रातिसम्म घरमा बाढी नै आए पनि उहाँलाई सबै लग्यो जस्तो लागेको थियो । उहाँले भन्नुभयो, “बिहान उठेर हेर्दा केही बाँकी रहेन, अहिले घर र केही बाँकी छैन भन्ने कुरा सपनाजस्तो लाग्छ ।” 

भूकम्पमा रु ५० लाखको घर र पसल भत्किएपछि लामा होटलको कमाइबाट तन्ग्रँदै हुनुहुन्थ्यो । त्यसको केही वर्षमा कोरोनाले व्यापार मन्द बनायो । अहिले निषेधाज्ञा खुलेर पुनः व्यापार अघि बढाउन लाग्दा बाढीले बास र कमाइ खाने होटल दुबै बगायो । अहिले पीडित नागरिक र व्यापारीलाई सरकारले राजनीतिक रुपमा पूर्वाग्रह नराखी सहयोग गर्नुपर्ने उहाँको माग छ । बैंकमा ऋण गरेर व्यवसाय गरिरहेकालाई केही समयका लागि ब्याजमा सहजीकरण गर्नुपर्ने लामाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सरकारले केही हेरिदिए हामी चिया पसल गरेर पनि बाँचेर परिवारलाई बचाउन सक्ने थियौँ ।” मेलम्ची नगरपालिका–११ का रामेन्द्र श्रेष्ठको पनि घर र पाउरोटी कारखाना दुबै बाढीले बगायो । भूकम्पमा घर भत्किएपछि पुनः उहाँले चार वर्ष पहिले घर बनाउनुभएको थियो । उहाँको घर, पाउरोटी कारखाना र गाडी सबै बाढीले लग्यो । गाडी भेटिए पनि चल्ने अवस्थामा छैन । उहाँको ११ जनाको परिवार अहिले भाडामा बसेको छ । उहाँले भन्नुभयो, “त्यतिबेला बाँचिए त अरु जेसुकै होस् भन्ने लागेको थियो, अहिले खान लाउने कुरा पनि चाहिने रहेछ ।”

विगतमा पनि वर्षाको समयमा खोला कहिले बढ्ने, घट्ने हुन्थ्यो । यस वर्ष खोला धमिलिएको देख्दा पनि श्रेष्ठलाई यस्तो माहामारी आउला भन्ने लागेको थिएन । खोला ठूलो आएपछि सुरक्षित ठाउँमा भाग्दा कुनै पनि सामान लैजान नसकेको बताउनुभयो । केही दिनपछि भने कोट्याएर हेर्दा बिग्रिएको अवस्थामा कपडा र सामान भेटिएको थियो । आफूले लगाएको लुगा देखाउँदै भन्नुभयो, “भाग्दा लगाएको एक जोर मात्रै लुगा थियो यो लुगापछि भेटिएपछि धोएर लगाएको छु ।”

अहिले परिवारसहित बहालमा बस्ने गर्नुभएका श्रेष्ठले  सुत्नका लागि ओढ्ने ओच्छ््याउने सबै बाढीले बगाएको  बताउनुभयो । पुस्तौँदेखि त्यही ठाउँमा बस्दै आउनुभएका उहाँको घरमा भएका बस्तु र खेतबारी पनि बाढीले बगाएको थियो । परिवारले खेतमा अर्गानिक गोलभेँडा, खोसार्नी लगाएको थियो । त्यो केही पनि बाँकी रहेन । “बाढीले नै १० वटा बाख्रा बगायो र १८ रोपनी खेत अहिले खोलामा बगिरहेको छ ।”

अहिले ६० वर्ष पुग्नुभएका श्रेष्ठ आफ्ना बाबु र बाजेले पनि कहिल्यै यतिको क्षति गर्ने गरी बाढी आएको नभनेको बताउनुभयो । सानो बाढी आएर सानोतिनो क्षति भए पनि सिङ्गो बस्ती नै बगाएको यो नै पहिलो पटक भएको उहाँले बताउनुभयो । 

अहिले पनि खोला पहिले भन्दा २० फिट माथिसम्म लेदो रहेको श्रेष्ठको अनुमान छ । सरकारले पर्खाल लगाएर पनि बस्तीमा फेरि बाढी पस्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । आफू मात्रै नभएर छोरा र नातिसमेत आफ्नो ठाउँ नछाडुन् भन्ने उहाँको इच्छा छ । मेलम्ची बजारलाई पूरानै स्वरुपमा फर्काउनुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “मेरो नातिले पनि हजुरबाको ठाउँ भनेर यहीँ बसोबास गरोस भन्ने इच्छा छ ।” 

घर पूरै बगाएर बगरमा परिणत भए पनि स्थानीयवासी दैनिकजसो नै आफ्नो जग्गामा पुग्छन् । तत्काल केही गर्न नसके पनि आफ्नो जग्गा हेरेर बसिरहेको ठाउँमा फर्कने गर्छन् । घरभित्र पहिलो, दोस्रो र तेस्रो तलासम्म खोलाको लेदो पसेका घर बजारमा धेरै छन् । नगरपालिकाले पहिलो तलासम्म बाढी पसेका घरलाई पूर्ण क्षतिग्रस्त घर मानेको छ । 

मेलम्ची–११ का कृष्णप्रसाद दुलालले घर बनाएको तीन वर्ष भयो । उहाँको घरको अगाडिको सडक लेदोले अग्लिएको छ । घरमा पहिलो तला लेदोले भरिएको छ भने दोस्रो तलामा पनि आधासम्म पूरै लेदोले भरिएको छ । उहाँ अहिले घरको दोस्रो तलामा रहेको माटो हटाएर सफा गर्न लाग्नुभएको छ । माथिल्लो तलामा सटर राख्न खोजिएको भए पनि ल्याएको  सबै सामान बाढीले सबै बगाएको छ । उहाँले भन्नुभयो, “घर भए पनि माटोले भरिएको छ अहिले बहालमा बसिरहेको छु ।”  

मेलम्ची बजारकै सावित्री श्रेष्ठको बजारमा नै भएका दुई घरमध्ये दुबै घरमा बाढी पस्यो । एउटा घर बनाइसकेर  अन्तिम काम ९फिनिसिङ्० समेत नसकिएको भए पनि बाढीले घर भरिएको छ । वर्षा शुरु हुनै लागेकाले त्योभन्दा पहिले नै सर्ने भनेर उहाँको परिवार जेठमा नयाँ घरमा सरेको थियो । त्यो घरमा बसेको नौ दिनमा नै बाढी आएर घर र त्यहाँ भएका सामान छाडेर भाग्नुप¥यो । 

त्यो रात बजारका सबैजस्तै उहाँ पनि भोकै जाग्राम रहनुभयो । बिहान उठेर हेर्दा दुई घरमध्ये नयाँ घरको दुई तलासम्म र अर्को घरको एक तला पुरियो । ती घरमा बहाल रहेका पसलका प्रायः सबै सामान बगायो र बचेका सामान पनि पुरिएर काम नलाग्ने बनाएको छ । बाढी आएको हल्ला आएपछि घरको सामानभन्दा पनि कसरी बाँच्ने र सन्तान बचाउने भन्ने चिन्ता भएको उहाँले बताउनुभयो । 

“हतारिएर भाग्दा केही सामान पनि साथमा लगिएको थिएन”, उहाँले भन्नुभयो, “अर्को दिन छोराको औषधि छुटेको थाहा भएपछि आर्मीले झिकिदिएको थियो ।”यतिखेर उहाँहरु घरबारबिहीन हुनुहुन्छ तर दाताहरुको सहायताले भोकै बस्न भने परेको छैन । राहात दिन जानेहरु दिनदिनै भेटिन्छन् । यसरी खानामात्रले भने उहाँहरुको घाउ निको हुनसकेको छैन । वर्षात्को समय छ बास कसरी बनाउने भन्ने नै उहाँहरुको समस्या हो । त्यसैले दिनहुँ प्राप्त हुने चामल चिउरा भन्दा पनि स्थायी रुपमा घर बनाउन मिल्ने सहयोगको उहाँहरुले अपेक्षा गर्नुभएको छ । 

यहाँ असार १ गते आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको र २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका गरी ४५० परिवार प्रभावित बनेका छन् । मेलम्ची नगरपालिकाका १७६ परिवार विस्थापित भएका छन् । मेलम्चीमा आएको बाढीका कारण यहाँका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका प्रभावित बनेको थियो भने याङ्ग्री नदीका कारण पाँचपोखरी, थानपाल गाउँपालिका प्रभावित बनेको छ । (रासस, सञ्चिता घिमिरे र देवराज सुवेदी)