२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडीतलाई प्रति परिवार २५ हजार दिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिले २०७८ बैशाख देखि यताका बाढी पहिरो पिडीतको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ । बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो । 

बाढी पहिरो पीडीतको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडीत विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो । बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आईरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताउनुभयो । उहाँले समितिले २०७८ साल यता बाढी पहिरो पीडीतहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैया दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताउनुभयो । उहाँले मुलुकभरबाट बाढी तथा पहिरोले पुराएको भौतिक र मानविय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराईने जानकारी दिनुभयो ।

उहाँले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताउनुभयो । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, चिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी हुनुहुन्छ । त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव हुनुहुन्छ । त्यसैगरी आमन्त्रित सदस्यहरुमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित गर्नुभएको हो ।