१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल युएईसँग पराजित



फाईल फोटो
अ+ अ-

काठमाडौं । ‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएईसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे । ६० बल खेलेका उनले ४ चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्लले ६२ बलमा २८ रन जोड्दा कुशल भुर्तेलले १५ बलमा ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

युएईका लागि वसिल हमिदले ४, जुनेद सिद्धीकीले ३ तथा जाहुर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए । त्यसअघि पहिले टस जितेर ब्याटिङ रोजेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो । 

युएईका लागि रिजवान सिपी र रोहण मुस्थाफाले ४०/४० रनको योगदान दिए । यस्तै मोहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमद राजाले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले एक-एक विकेट लिए । 

अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार खेल्नेछ भने अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ ।लिग टु मा कुल ७ टिम सहभागि छन् ।१० खेलमा १० अंक जोड्दै नेपाल छैटौं स्थानमा रहेको छ भने यूएई १६ खेलमा ९ जितसहित २० अंकका साथ दोस्रो स्थानमा छ ।