६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पठान’ रिलिज हुनुअघि शाहरुख–दीपिकाले नबोल्ने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ जनवरी २५ मा रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि निर्माताले नयाँ मार्केटिङ रणनीति अपनाएका छन् ।

फिल्म रिलिज हुनुअघि शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमले कुनै अन्तर्वार्ता नदिने बताइएको छ । यो रणनीति निर्माताहरूले विवादबाट बच्न अपनाएका हुन् ।

ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो खुलासा गरेका हुन् । उनले आफ्नो पोस्टमा भनेका छन्, ‘फिल्म ‘पठान’का निर्माताले गीत र ट्रेलरका आधारमा मात्र फिल्मको प्रचार गर्नेछन् । पठानअघि अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’ ले पनि यही बाटो पछ्याएको थियो । त्यसैले शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमले फिल्म रिलिज नभएसम्म मिडियासँग कुराकानी गर्ने छैनन् ।’

बढ्दो विवादलाई ध्यानमा राख्दै केही दिन अघि सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेशनले यस फिल्मका १० वटा दृश्य परिवर्तन गर्न भनेको थियो । यसबाहेक केही संवादहरू परिवर्तन गर्न पनि भनिएको थियो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।