४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । गिरीले ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ मत पाए ।

गिरीको पक्षमा एमाले २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४(४, जसपा, लोसपा र जनमतका ३(३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५७ जनाले मतदान गरे ।

यस्तै, विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक गरी २८ जनाले मतदान गरे । सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले भने विश्वासको मत दिएकी छन्।