१६ श्रावण २०८३, शनिबार
,
Latest
मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा: शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो ।

यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ ।




भर्खरै