२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने

अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने
अ अ+ अ-

एजेन्सी । अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो।

"यी बहादुर व्यक्तिहरू हुन्। उनीहरूले विगत धेरै वर्षहरूमा खेलेको भूमिकालाई हामी सम्मान गर्न र त्यसको महत्त्व बुझ्न चाहन्छौँ," ह्वाइट हाउसकी एक जना प्रवक्ता जेन साकीले एउटा पत्रकार सम्मेलनमा भनिन्।

रोयटर्स समाचार संस्थासँग बोल्दै एक जना अधिकारीले सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने बताए।

हालैका साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन्। उनीहरूले शृङ्खलाबद्ध रूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका छन्। त्यसमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू समेत रहेका छन्।

२० वर्षअघि अमेरिकी अतिक्रमणका कारण अतिवादी इस्लामिक सशस्त्र समूह तालिबान सत्ताबाट बाहिरिन बाध्य भएको थियो। तालिबानले अहिले कैयौँ मुख्य सडकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिइसकेको छ। उनीहरूले प्रमुख सहरहरूमा आपूर्ति बन्द गराउन खोजिरहेका छन्।

सोभियत-अफगान युद्धलगत्तै भएको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफगानिस्तानको शक्ति हत्याउन सफल भएको थियो।पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरिदियो।