• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू-फोटो फिचर



काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू भएको छ । ।

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने हुनुहुन्छ ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मतको आवश्यक पर्छ ।