१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चुनावमा नाटक देखियो: चित्रबहादुर केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीको चुनावमा नाटक देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको बताउनुभयो ।

संसद्‍मा सत्तापक्ष र प्रतिपक्षी हुन्छ भन्दै उहाँले तर प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नाटक देखाएको बताउनुभयो ।

चुनावमा गरिएका वाचा दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको भन्दै अध्यक्ष केसीले नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सभामुख पदमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।”