२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

नीजि क्षेत्र आपुर्ति व्यवस्थापनमा लागि परेका छौँ: उद्योग महासंघ अध्यक्ष गोल्छा

नीजि क्षेत्र आपुर्ति व्यवस्थापनमा लागि परेका छौँ: उद्योग महासंघ अध्यक्ष गोल्छा
अ अ+ अ-

काठमाडौं । उद्योग व्यवसायीहरुले कोभिड विरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसंग माग गरेका छन् । विहिबार नीजि क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकिय वस्तु आपुर्तिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिड विरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् । 

महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको विषम परिस्थितिमा नीजि क्षेत्र आपुर्ति व्यवस्थापनमा लागेका छन् । उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौँ । त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि बढी चिन्तन गर्नुहुन्छ भनेर हामीलाई भन्नुभयो । 

यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपर प्रस्तुत गर्यौ । त्यसमा सकारात्म रेस्पोन्स पनि आयो । त्यसको लागि अर्थमन्त्रीलाई पनि भेटेर प्रस्तुत गर्नु भन्ने निर्देशन पनि दिनुभयो ।”

व्यवसायीहरुले विहिबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटी सफल कार्यकालको शुभकामना दिदैँ वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।