२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिन्छ: ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभालाई सरकारको पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख पदका नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै उहाँले सभामुखले प्रतिपक्षको पनि कुरा सुन्नुपर्ने बताउनुभयो ।

विगतमा सभामुखहरुमा सरकारको पक्षमा छ भने मौन बस्ने तर प्रतिपक्षले जतिसुकै राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति देखियो भन्दै उहाँले अब बन्ने सभामुखबाट त्यस्तो अपेक्षा नगरिएको बताउनुभयो । उहाँका अनुसार सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।