२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ: अनेरास्ववियु अध्यक्ष पराजुली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ । बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । 

तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो । उहाँले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरु प्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालय प्रति पनि ठडिएको थियो । तर न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ । अब माधव नेपालहरु प्रति ठड्याएका वक्र दृष्टिकोणहरु समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियु लाग्छ । आज हामी अखिल फोर्स बनाउदैछौँ , यदाकदा साइबर स्यालहरु हाम्रो नेताप्रति विभिन्न ढंगले हाम्रो नेताहरुलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् ।

यो अखिल फोर्सले एउटा काम गर्नेछ, ति साइबर स्यालहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’ अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरु बाहिर आएको भन्दै माधव नेपालको घर तर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफुहरु भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिनुभयो ।