३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवराज सभामुख पदका लागि सुयोग्य पात्र: राजेन्द्र लिङ्देन(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख पदका लागि देवराज घिमिरे सुयोग्य पात्र भएकाले उहाँलाई निर्वाचित गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका लिङ्देनले प्रतिनिधिसभाको आजको बैठकमा सभामुख पदका उम्मेदवार घिमिरेको समर्थकका रुपमा बोल्दै घिमिरे सभामुख पदको सुयोग्य पात्र भएको र उहाँले संसद्को निष्पक्षता कायम गर्ने बतानुभयो ।

उहाँले घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्ति भएको र उहाँलाई आफूले नजिकबाट चिनेको बताउनुभयो ।