• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा ★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)



फाईल फोटो
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ ।
बैठकमा विशेष समय लिएर बोल्दै उहाँले गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेमकिपा भएकाले प्रमुख प्रतिपक्षी दलको घोषणा गर्न माग गर्नुभयो ।
उहाँका अनुसार कानूनी व्यवस्थाबमोजिम नेमकिपा प्रमुख प्रतिपक्षी दल हो । उहाँले संघीय कानूनअन्ुसार विपक्षी दल तोकेर मात्र संसद् चलाउन आग्रह गर्नुभयो । सत्ता पक्षलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्षी दल बन्न नसक्ने उहाँको जिकिर थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्थाको अन्त्य भएको उहाँको भनाइ थियो । उहाँले पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न पनि माग गर्नुभयो ।
https://youtu.be/kd0F2pWjkrg