• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली

विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट



file

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गर्नुभयो । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी दिनुभयो ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । सरकारले दुर्घटनाको छानबिनका लागि एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । समितिले काम सुरु गरिसकेको छ । रासस