१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गर्नुभयो । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी दिनुभयो ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । सरकारले दुर्घटनाको छानबिनका लागि एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । समितिले काम सुरु गरिसकेको छ । रासस