२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकः प्रवक्ताको जिम्मेवारी शर्मालाई, यी हुन् अन्य निर्णयहरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औंपचारिक निर्णय गरेको हो । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रीपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनु भयो ।

मन्त्रीपरिषद बैठकले नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ । मन्त्रीपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रुपैया तोकेको छ । र, सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आजको बैठकले उखुको मूल्य प्रति क्वीटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाँडा रु ७० यो निर्धारण गरेको छ । त्यसका साथै राज्यले प्रदान गर्ने विभुषणको सन्दर्भमा स्पष्ट मापदण्ड बनाएर त्यो विभुषण प्राप्त गर्नेले पनि गर्व गर्न सकोस् । र, सरकारले, राज्यले विभुषण प्रदान गर्दा पनि सम्मानित व्यक्तित्वहरुलाई आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तिहरुलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसावले विभुषणको सम्बन्धमा अध्ययन समिति बनाउने विषयमा मन्त्रीपरिषद बैठक निष्कर्षमा पुगेको छ ।

विश्वविद्यालय अनुदान आयोगको प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी यो क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रीपरिषद बैठकमा छलफल भएको छ । र, थप अध्ययन गरिकन हामी उपयुक्त निर्णयमा छिट्टै पुग्नेछौं । त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेटदा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ । सरकार गठनको एउटा महत्वपूर्ण नीतिगत आधार सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम हो । त्यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मन्त्रीपरिषदले कार्यान्वयन गर्ने भनेर यस अघि नै निर्णय गरिसकेको छ ।

उक्त नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि रहेक मन्त्रालयहरुसँग सम्बन्धित विषयहरुमा आवश्यक कार्ययोजना निर्माण गर्न ७ दिनको समय प्रधान गरिएको छ । सबै सम्बन्धित मन्त्रालयहरुले सो समय भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषदमा प्रस्तुत गर्नेछन । र, त्यो मन्त्रीपरिषदको निर्णयको आधारमा सरकारको नीतिगत प्राथमिकता र न्यूनमत कार्यक्रम कार्यान्वयनमा अघि बढनेछ ।

यसका साथै आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरिएको छ । आजको बैठकले सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माज्यूलाई तोकेको छ ।’

मन्त्रीपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।