१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु: मुख्यमन्त्री यादव

सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु: मुख्यमन्त्री यादव
अ अ+ अ-

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिनुभएको हो ।

मधेस प्रदेशसभामा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन् । पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारणअर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गर्नुभयो ।

प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएका यादव जसपाबाट पहिलोपटक मुख्यमन्त्री बन्नुभएका लालबाबु राउतलाई रोक्दै सर्वसम्मत पार्टी संसदीय दलको नेता र त्यही हैसियतमा संविधानको धारा १६८ ९२० बमोजिम गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभयो । अब उहाँ सत्ता गठबन्धनको समझदारीअनुसार साढे दुई वर्ष प्रदेशको कार्यकारी प्रमुखको रुपमा रहनुहुनेछ ।

विसं २०५४ मा बाराको साविक हरिहरपुर गाविस अध्यक्ष र २०६४ सालमा बारा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका यादवले २०६६ सालमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र २०६८ सालमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । पार्टीमा विभिन्न तहमा रहँदै निर्वाचनमार्फत संसदीय अभ्यास, केन्द्रीय सरकारमा राज्यमन्त्री र प्रदेशमा सभामुखको भूमिका निर्वाह गरिसक्नुभएका उहाँले अब मुख्यमन्त्रीको रुपमा कस्तो भूमिका बहन गर्नुहोला भन्ने आम चासो छ ।

आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्नुहुने यादवलाई अब आफ्नै नेतृत्वमा सात दलको विश्वास जित्दै आलोचनाबाट जोगिनुपर्ने चुनौती पनि छ । यही सन्दर्भमा प्रस्तुत छ मुख्यमन्त्री यादवसँग राससका संवाददाताद्वय टिकाराम सुनार र निरञ्जनकुमार साहले गर्नुभएको कुराकानीको सम्पादित अंश :

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकामा यहाँलाई हार्दिक बधाई छ ।

यहाँहरुलाई पनि धेरै धेरै धन्यवाद ।

प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख र दोस्रो कार्यकालमा मुख्यमन्त्रीको जिम्मेवारी आएको छ, कस्तो लागिरहेको छ ?

एउटा राजनीतिकर्मीका लागि यो स्वभाविकै हो नि ! खुसी छु । यो जिम्मेवारीलाई म कुशलतापूर्वक पूरा गर्नेछु ।

मुख्यमन्त्रीका रुपमा कसरी अगाडि बढ्ने सोच राख्नुभएको छ ?

भर्खरै मुख्यमन्त्री भएको छु । आजै मात्र मैले विश्वासको मत पनि पाएको छु । म काम गर्नकै लागि मुख्यमन्त्री भएको हुँ । मधेसमा अथाह सम्भावना भएर पनि सबैभन्दा पिछडिएको अवस्थामा छ । खासगरी कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । कृषिको प्रचुर सम्भावना भएकाले विशेष जोड दिएर काम गर्ने सोच छ । त्यस्तै शिक्षा र स्वास्थ्यलाई पनि मैले मुख्य प्राथमिकतामा राखेको छु । यी तीनवटै क्षेत्रमा सुधार गरी समग्र प्रदेशको विकासमा लाग्छु । त्यसैगरी भ्रष्टाचार जुन ढङ्गले बढेको छ यो देशको लागि दुर्भाग्यको विषय हो । यो प्रदेशमा पनि भ्रष्टाचार र बेथितिलाई कडाइका साथ रोक्नु र नियन्त्रण गर्नुपर्नेछ ।

अघिल्लो पाँच वर्ष पनि तपाईँकै पार्टीको सरकार थियो । त्यो बेला दुई पार्टी मिलेर बनेको सरकारमा अहिले सात पार्टी छन् । सबैलाई मिलाएर जाने चुनौतीका बीच कसरी काम गर्न सकिएला ?

पहिलो कार्यकालमा दुई वटा पार्टीको सरकार भए पनि सङ्घीयता कार्यान्वयनका लागि आधारभूत तयारी गर्नुपर्ने दायित्व थियो । कार्यालय व्यवस्थापन, कानुन, कर्मचारी संरचना केही थिएन । जे गर्न पनि केन्द्र सरकारको मुख ताक्नुपर्ने बाध्यता थियो । त्योसँगै कोरोना महामारी आयो । दुई वर्षसम्म सिंगो देशजस्तै यो प्रदेश पनि महामारीको चपेटामा प¥यो । काम गर्न असहज परिस्थिति सिर्जना भयो । अघिल्लो सरकार र मुख्यमन्त्रीले राम्रो काम गर्न खोज्नुभएकै हो । सरकारले राम्रो राम्रो विधेयक ल्याएको र संसद्ले पास गरेको छ । समग्रमा अवस्था असहज थियो त्यो बेला । पहिलो सरकार भएकाले निकै चनौती थिए ।

जहाँसम्म मेरो नेतृत्व र सात दलीय सरकारको कुरा छ । म त यहाँ सात दल मात्रै होइन, सर्वदलीय सरकार बनाएर काम गर्ने योजनामा छु । ममा कुनै स्वार्थ नै छैन, त्यसो भएकाले सबै दलका सांसदलाई साथमा लिएर जाँदा मलाई काम गर्न झनै सजिलो हुन्छ नि १ सङ्घीयतालाई सही अर्थमा कार्यान्वयन र प्रदेशको समग्र विकासका लागि उहाँहरु सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

सर्वदलीय सरकार त भन्नुभयो, त्यसको सम्भावना कति छ ?

मैले केन्द्रमा सरकारलाई विश्वासको मत दिएका सबै दलहरुसँग संवाद गरिरहेको छु । उहाँहरुले सकारात्मक छौँ भन्नुभएको छ । म के कुरामा विश्वस्त छु भने अघिल्लोपटक कांग्रेस पहिले प्रतिपक्ष थियो, पछि सरकारमा गयो । अहिले १० वटा दल छन्, त्यतिबेला पनि सात÷आठ वटा दल थिए । सबै माननीयज्यूहरुलाई सभामुखको रुपमा मेरो भूमिका राम्रोसँग थाहा छ । अहिले पनि धेरै माननीयज्यूहरु दोहोरिएर आउनुभएको छ । मुख्यमन्त्रीको रुपमा मैले झन् राम्रो काम गर्नसक्छु भन्ने उहाँहरुलाई पनि विश्वास छ । त्यो विश्वासका आधारमा भन्दैछु, यहाँ सर्व दलीय सरकार बन्छ ।

सरकारको कामकै विषयमा कुरा गर्दा तपाईं आफैँ पनि अघिल्लो सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन भन्नुहुन्थ्यो । अहिले त आफैँ जवाफ दिने ठाउँमा आइपुग्नुभएको छ । फरक के हुन्छ अब ?

म बोलीमा होइन, काममा विश्वास राख्छु । जति मान्छे मुख्यमन्त्री, मन्त्री बन्छन् वा पद पाउनेले म राम्रो काम गरेर देखाउँछु त भन्छन् नि १ सबैभन्दा राम्रो काम गर्छु, विकास गर्छु, भ्रष्टाचार निवारण गर्छु त सबैले भनेकै हुन् तर खै परिणाम रु त्यसैकारण म उल्टोबाट काम सुरु गर्ने सोचमा छु, त्यो भनेको पहिले काम गर्छु, अनि मात्रै बोल्छु । म चाहन्छु धेरै बोलेर होइन, कामले हल्ला गरोस् र कामले नै जवाफ देओस् ।

धेरै नबोले पनि भन्न मिल्ने केही प्राथमिक विषय त होलान् नि !

यति भन्छु, कम्तीमा तीन महिना न कुनै कार्यक्रमको प्रमुख अतिथि बन्ने, न कुनै कार्यको शिलान्यासमा समय बिताउने, न त मिडियामा बोल्दै हिँड्ने । तीन महिनामा केही न केही परिवर्तनको आभाष दिने, यो सरकार आएपछि केही ठीक काम हुन थाल्यो है भनेर जनतालाई विश्वास दिलाउने मेरो प्राथमिकताका विषय हुन् । भन्नुको अर्थ तीन महिनामा कम्तिमा केही बोल्ने र भन्ने आधार तयार गर्ने मेरो लक्ष्य छ । त्यसैले पहिले काम अनि कुरा ।

मख्यमन्त्रीज्यू, अहिले सङ्घीयता माथि ठूलो प्रश्न छ, त्यो प्रश्न प्रदेश सरकारको कामकारबाहीलाई लिएर अझ बढी उठ्ने गरेको देखिन्छ रु यहीबीचमा तपाईँ सङ्घीयताको सबैभन्दा बढी पक्षपाती मधेस प्रदेशको कार्यकारी प्रमुख बन्नुभएको छ । यस विषयलाई कसरी लिनुभएको छ ?

म तपाईँलाई नै प्रतिपश्न गर्छु, मरेको मान्छे ब्युँतिएको देख्नु भएको छ रु हो, देशमा सङ्घीयता आइसक्यो, अब जोसुकै पार्टी, जोसुकै नेताले जे भने पनि देशमा सङ्घीयताको विकल्प छैन । सङ्घीयता जनताको रोजाइको विषय भइसक्यो । यो जनताले आफ्नो कुरा राख्ने सबैभन्दा नजिक सजिलो माध्यम हो । जनतालाई आफ्नो कुरा भन्ने र गुनासो गर्ने अहिलेको अवस्था सङ्घीयताले सम्भव बनाएको हो । उदाहरणकै लागि, तपाईँलगायत यहाँका मिडियाका साथीहरु पनि कार्यकारी प्रमुखलाई सजिलै भेटेर कुरा राख्नुहुन्छ, प्रश्न सोध्नुहुन्छ । हरेक नागरिकलाई मुख्यमन्त्रीसँग कुरा गर्न खुला छ ।

यतिको लागि सिंहदरबार र बालुवाटार जान सजिलो छ रु पक्कै छैन । यसै कारण सङ्घीयता जनताको सबैभन्दा सजिलो शासन व्यवस्था हो । जनताका स–साना कुराको सुनुवाइ गर्ने आधारका रुपमा स्थानीय तह र प्रदेश सरकारको विकास भएको छ, जो केन्द्र सरकार हुनसक्दैन । यसर्थ सङ्घीयताको विरुद्धमा लाग्नेहरु आफैँ समाप्त भएर जान्छन् तर काम गर्ने कुरामा चाहिँ हामीले डटेर लाग्नु पर्नेछ ।

मुख्यमन्त्रीको रुपमा मेरो भूमिकाको सवालमा म दृढ छु । आज मात्रै होइन, २०५४ सालमा जतिबेला म गाविस अध्यक्ष भएको थिए, त्यति बेलादेखि नै म सङ्घीयता पक्षधर हो । अहिले प्रदेश सरकार प्रमुखका रुपमा छु । प्रदेश सरकारलाई संविधानले प्रत्याभूत गरेका अधिकारको सही प्रयोग गर्नु मेरो दायित्व हो । सङ्घीयताको संस्थागत विकासमा म सधैँ गम्भीर छु ।

अन्त्यमा एउटा सफल राज्य र सरकारका लागि सेना, प्रहरी, कर्मचारीजस्तै सूचना पनि शक्तिको स्रोत हो । सञ्चारमाध्यमको विकास र प्रवद्र्धनका योजना के छन् ?

संविधानले प्रदेश सरकारलाई दिएको अधिकारका सन्दर्भमा केन्द्र सरकारले संयोजन गर्नुपर्छ । यसपटक प्रधानमन्त्रीमा पनि सङ्घीयता पक्षधर पुष्पकमल दाहाल प्रचण्डज्यू रहनुभएकाले संवैधानिक अधिकार कार्यान्वयनमा कुनै कन्जुस्याइँ हुँदैन भन्ने मलाई विश्वास छ । तपाईँले भनेको विषयमा पनि आवश्यक छलफल गरेर अगाडि बढ्छु । रासस