काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका हुन् ।
उनले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाएका हुन् ।
पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका थिए ।











