१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री सरोज यादवको विपक्षमा शून्य मत



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभामा यादवको विपक्षमा शुन्य मत परेको हो ।

हाल प्रदेशसभामा १०५ जना प्रदेशसभा सदस्य कायम रहेकोमा मतदानमा उपस्थित १०२ जना प्रदेशसभा सदस्यले नै उनलाई विश्वासको मत दिएका छन् ।

जनता समाजवादी पार्टीको संसदीय दलको नेता रहेका यादव ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जसपासहित विभिन्न ७ वटा राजनीतिक दल र दुईजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले विश्वासको मत लिँदा उनको विपक्षमा कसैले मतदान गरेको छैन ।