२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री सरोज यादवको विपक्षमा शून्य मत



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभामा यादवको विपक्षमा शुन्य मत परेको हो ।

हाल प्रदेशसभामा १०५ जना प्रदेशसभा सदस्य कायम रहेकोमा मतदानमा उपस्थित १०२ जना प्रदेशसभा सदस्यले नै उनलाई विश्वासको मत दिएका छन् ।

जनता समाजवादी पार्टीको संसदीय दलको नेता रहेका यादव ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जसपासहित विभिन्न ७ वटा राजनीतिक दल र दुईजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले विश्वासको मत लिँदा उनको विपक्षमा कसैले मतदान गरेको छैन ।