• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत ★   टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह ★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका

सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

कैलालीकी सांसद न्यौपाने कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवा निकट न्यौपानेले लामो समय महिल संघमा काम गर्नुभएको थियो । साथै उहाँ महिला विभाग प्रमुखसमेत हुनुहुन्थ्यो ।

यसअघि बुधबार कांग्रेस पदाधिकारीको बैठक तथा संसदीय दलको बैठकले सभामुखमा न्यौपानेलाई उठाउने निर्णय गरेको थियो ।

संघीय संसद् सचिवालयले सभामुखको मनोनयन दर्ताको समय बुधबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको छ । मतदान बिहीबार हुनेछ ।
सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि संसद्मा प्रतिपक्षी दलहरुबाट समर्थन जुटाउने तयारी गरेको छ । यसका लागि कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)) , नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छलफल गर्ने भएका हो ।

प्रतिनिधिसभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।