२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको सभामुखमा उम्मेदवारी, प्रधानमन्त्री प्रचण्डको निर्णय कुर्दै देउवा



अ+ अ-

काठमाडौँ ।नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरेको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने जनाइएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्री र अरु दलसँग पनि छलफल गर्दैछौँ । कस्तो प्रतिक्रिया आउँछ त्यसका आधारमा मात्र अघि बढ्छौँ।”

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो । सत्ता गठबन्धनबाट नेकपा (एमाले) ले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाइसकेको छ ।