२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

बालविवाहका घटनामा आएन कमी

बालविवाहका घटनामा आएन कमी
अ अ+ अ-

वाग्मती । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वाग्मती प्रदेशकै काठमाडौँमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या पनि उत्तिकै छ ।

बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अभिभावक समूहका अध्यक्ष हरिबहादुर प्रजा बन्दाबन्दीको समयमा बालबालिकाको अध्ययनभन्दा अन्यत्र ध्यान केन्द्रित हुने र सो अवधिमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम हुन नसक्दा बालविवाहका लागि बल पुगेको बताउनुहुन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ ।

उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । वाग्मती प्रदेश सरकारले पनि प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरिसकेको अवस्था देखिन्छ । 

मकवानपुरमा बालबाविवाह रोक्नका लागि कार्यक्रम सञ्चालन गरिरहनुभएकी अस्मिता नेपालका अध्यक्ष आरती पाठकले बालविवाह रोक्नका लागि स्थानीय सरकारले बालविवाह रोकथामका लागि बनेका ऐन कानूनको विषयमा वडा–वडामा सुसूचित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार बालबालिकालाई विद्यालयस्तरमा विषयगतरूपमा नै यसका बारेमा पढाइ हुनुपर्ने छ । एसइईपछि पनि उच्च शिक्षा साथै रोजगार वा स्वरोजगारको व्यवस्था गर्न सक्नुपर्ने अध्यक्ष पाठकको भनाइ छ । बालबालिका आफैंमा बालविवाह गलत हो भन्ने चेतना वृद्धि गर्नका लागि बाल क्लब, किशोरी समूहलगायतलाई सक्रिय बनाउँदै यस्ता गतिविधि भएका कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष पाठकको निष्कर्ष छ ।

मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न सङ्घसंस्थाको पहलमा अभियान चलाउँदै आइएको छ । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् । 

यता कम उमेरमा आमा भएका तथ्याङ्कहरुले पनि बालविवाह कायमै रहेको सङ्केत गरिरहेको छ । हेटौँडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन् । यो अवधिमा हेटौँडा अस्पतालमा आमा बनेका २५६ मध्ये २० वर्षभन्दा कम उमेरका ४५ जना छन् । तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको सङ्ख्या नौ छ ।

किशोरावस्थामै आमा बन्नेमध्ये अधिकांश मकवानपुरका छन् । अस्पतालको तथ्याङ्कअनुसार मकवानपुरका ४०, बाराका तीन र सर्लाहीका दुई जना किशोरावस्थामै आमा बनेका हुन् । कलिलै उमेरमा विवाह गर्ने किशोरी र उनीबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ । 
 
ग्रामीण भेगका मात्रै होइन, बजार क्षेत्रकै पनि धेरै किशोरीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । आमा बन्ने तथ्याङ्क हेर्दा पनि अवस्था फरक देखिँदैन । पछिल्लो डेढ महिनामा २० वर्ष नपुग्दै सन्तान जन्माउने सबैभन्दा बढी हेटौँडा उपमहानगरका २३ जना छन् । तीमध्ये छ जना दोस्रोपटक आमा बनेको अस्पतालले जनाएको छ । त्यसैगरी मकवानपुरगढीका पाँच, बकैया र मनहरिका तीन÷तीन, भीमफेदी र बागमती गाउँपालिकाका एक/एक जना उमेर नपुग्दै आमा बनेका हुन् ।

हेटौँडा अस्पतालका महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ डा राघवेन्द्र ठाकुरका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहने गर्दछ । किशोरीको शारिरीक विकास नै हुने क्रममा रहेको अवस्थामा स्वयं आमा बन्दा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उहाँको भनाइ छ । कम उमेरमा गर्भवती हुनेको सन्तान जन्माउने, स्याहार गर्ने र अभिभावकत्व निर्वाह गर्ने कुनै योजना नै नहुने गरेको पाइएको महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ ठाकुरको भनाइ छ । रासस