२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको बताएको हो । शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

मृतक ४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने भएको छ । शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण सुरु गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ । रासस