• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

सर्वदलीय बैठकबाट बाहिरिए ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिनुभएको छ । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिनु भएको हो । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाउनु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहनु भएको छ । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेको छ ।