• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने ★   दुई वर्षमा दुई वटा पनि कानून बनेनन्: मन्त्री भण्डारी ★   रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री ★   गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट ★   आगमी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल ★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार

सर्वदलीय बैठकबाट बाहिरिए ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिनुभएको छ । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिनु भएको हो । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाउनु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहनु भएको छ । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् । बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेको छ ।