२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

सामान्य धरौटीमा नै छुट्न थाले अभियुक्त

सामान्य धरौटीमा नै छुट्न थाले अभियुक्त
अ अ+ अ-

चितवन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।

सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीलाई कडाभन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुनः चोरी शिकारीमै संलग्न भएको तथ्याङ्क सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरू अदालतबाटै धमाधम छुट्न लागेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका हुन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतो, मिलीजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव कमानसिंह चौधरी र टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने संयुक्तरूपमा विज्ञप्ति जारी गर्नुभएको छ । 

त्यस्तै क्षेत्रीय होटल सङ्घ नेपाल सौराहा चितवनका अध्यक्ष दीपक भट्टराई, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, नेचर गाइड एशोसिएशन सौराहाका अध्यक्ष राजेन्द्र धामी, बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, सौराहा हात्ती तथा जीप बुकिङ काउण्टरका सचिव राममणि खनाल र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमितिका सचिव रामचन्द्र सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त अदालतबाटै धमाधम छुट्न लागेकामा चिन्ता प्रकट गर्नुभएको हो ।

उहाँहरुले एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने र त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका वन क्षेत्रमा मुख्य बासस्थान रहेकाले सम्पूर्ण सङ्घसंस्था र जनसमुदायलाई संरक्षणमा जुट्न अपिलसमेत गर्नुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले दुलर्भ वन्यजन्तु एकसिङ्गे गैँडा चोरी शिकारी गरेको अभियोगमा ११ जनालाई पक्राउ गरी अदालतमा पेश गरेकामा सात जना धरौटीमा रिहा भएका छन् । निकुञ्ज ऐनमा चोरी शिकार गरेकालाई १५ वर्षसम्म कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । रासस