२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

छालामा अचानक निलो दाग देखिनुको कारण के हुनसक्छ ? जान्नुहोस्

छालामा अचानक निलो दाग देखिनुको कारण के हुनसक्छ ? जान्नुहोस्
अ अ+ अ-

काठमाडौं । पुरातन समाजमा एउटा अन्धविश्वास छ, शरीरमा अचानक निलो दाग देखिए, बोक्सीले टोकेको भनिन्छ । यस्तो दाग अनायसै देखापर्छ । कुनै बाहिरी कारण हुँदैन । न चोटपटक हुन्छ, न अरु केही । राती सग्लो सुतेको व्यक्तिको शरीरमा अचानक दाग देखिन्छ । खासमा के हो यो दाग रु के यसले स्वास्थ्यमा असर गर्छ रु

किन बस्छ निलो दाग ?

छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ । चोट लाग्दा शरीरले देखाउने एक प्रकारको प्रतिक्रिया हो यो । मेडिकल भाषामा यसलाई ‘कन्टूशन’ अर्थात भित्री चोट भनिने गरिन्छ । तर, विना चोटपटक पनि यस्तो दाग हुन सक्छ ।

भिटामिन र मिनरल्सको कमी

कतिपय भिटामिन र मिनरलले तरल पदार्थबाट रगत बनाउने र घाइते भएको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यसको कमी हुँदा छालामा निलो दाग देखिने गर्छ । भिटामिन ‘के’ले रगत जमाउने काममा भूमिका खेल्छ । जसको कमीले पनि रगत जम्ने प्रक्रिया प्रभावित पर्नइ जान्छ र निलो दाग देखिन सक्छ ।

यसमा भिटामिन सीको पनि भूमिका हुन्छ । भिटामिन सीले कोलोजन र अन्य घातक तत्वबाट बचाउनुका साथै रक्त नलीमा भित्री चोट लाग्नबाट जोगाउँछ । त्यसैले शरीरमा भिटामिन सीको कमीबाट पनि निलो दाग देखिन सक्छ । यस्तो भिटामिनको कमी भएमा शरिरमा लागेको चोट निको हुन लामो समय लाग्ने गर्छ ।

जिंक र आइरन जस्ता मिनरलले शरिरमा लागेका चोटलाई छोटो समयमा निको पार्ने काम गर्छ । आइरनको कमीले एनिमियाको समस्या पनि हुन सक्छ । जुन शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण पनि हो ।

वन विलीब्रान्ड डिजीज

वन विलीब्रान्ड डिजीज एक यस्तो समस्या हो जसको कारण अत्याधिक रक्तश्राव हुने गर्छ । वान विलीब्राण्ड नामक प्रोटीनको तुलनामा रगतको कमी भएमा यस्तो समस्या हुने गर्छ । यो रोग लागेमा चोट(पटकपछि अत्याधिक रगत बग्ने गर्छ । यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग देखिने गर्छन् ।

क्यान्सर वा किमोथेरापी

किमोथेरापीको अवस्थामा ब्लड प्लेटलेट्स ४ लाख भन्दा तल अउन सक्छ । यस्तो अवस्थामा शरिरमा पटक(पटक निलो दाग देखिने गर्छ । निलो दागलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दाग क्यान्सरको संकेतसमेत हुन सक्छ ।

थ्रोन्बोफिलिया

ब्लीडिग डिसअर्डरको कारण पनि यस्तो समस्या हुन सक्छ । थ्रोन्बोटिक थ्रोन्बोसाइटोपेनिया पप्र्यूरा (टीटीपी) वा आइडियोपेथिक थ्रोन्बोसाइटोपेनिक पप्यूरा (आइटीपी) भएमा प्लेटलेट्स कम हुने गर्छ । यसले शरिरको रगत उत्पादन गर्ने क्षमतालाई पनि कमजोर बनाउने काम गर्छ । जसले गर्दा पनि शरिरमा निलो दाग देखिन सक्छ ।

कोलोजनको कारण

बंशाणुगत कारणले पनि छालामा निलो दाग देखिन भूमिका खेल्छ । कोलोजन नामक विकार तत्वको कारणसमेत यस्तो समस्या हुन्छ । कोलोजनले कोशिका र रक्त नलीलाई कमजोर बनाउँछ र त्यस्ता नली सजिलै टुटेर जान सक्छन् । जसले गर्दा शरिरका कैयौँ ठाउँमा निलो दाग देखिने गर्छ ।

औषधी र सप्लीमेन्ट

कुनै कुनै औषधी र सप्लीमेन्ट प्रयोगको कारण पनि छालामा निलो दाग देखिने गर्छ । वार्र्फेरन र एस्पिरिन जस्ता रगत पातलो बनाउने औषधीको प्रयोग गर्दा कतिपयलाई यस्तो समस्या हुन्छ । किनकी यस्तो औषधीले रगतलाई जम्नबाट रोक्ने काम गर्छ । यसका साथै प्राकृतिक सप्लीमेन्ट जस्तो की जिन्को विलोवा, माछाको तेपल, लसुनको बढी प्रयोगले पनि रगत पातलो बनाउँछ ।

बढी एक्सरसाइज

शरिरमा निलो दाग हुनुको अर्को कारण अत्याधिक एक्सरसाइज पनि हुन सक्छ । आवश्यकताभन्दा बढी एक्सरसाइज गर्दा मांशपेशीमा चाप पर्न जान्छ । बढी तौल उठाउँदा पनि मांशपेशीमा अतिरिक्त बल पर्ने गर्छ । जसले गर्दा शरिरका विभिन्न भागमा निलो दाग देखिने गर्छन् ।

बुढ्यौली

घरमा भएका बढी उमेरका मानिसको शरिरमा निलो दाग बसेको देख्नुभएकै होला । शरिरमा देखिने यस्तो निलो दाग रातो रङबाट शुरु हुने गर्छ । अनि पर्पल र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ । 

(एजेन्सीको सहयोगमा)