१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भएपछि बिग्रिन्न, म यसलाई अवसरमा परिणत गर्छु : उपप्रधानमन्त्री लिङ्देन



अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मन्त्री भएपछि बिग्रिन्छ कि भन्ने भ्रमलाई अवसरमा परिणत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार मन्त्री पदको सपथ लिएपछि पशुपतिनाथको दर्शन गरेर सिंदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उहाँले मन्त्री पद चुनौतीपूर्ण भए पनि आफूमा यसलाई अवसरमा बदल्न सक्ने दृढ विश्वास रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि एउटा महत्त्वपूर्ण अवसर भएको भन्दै उहाँले भन्नुभयो, “भन्नेहरुले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । त्यसकारण नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । लाग्छ, यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु ।

मलाई त्यो दृढ विश्वास छ ।” उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णयसमेत गर्नुभएको छ । मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको उहाँको भनाइ थियो ।