२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भएपछि बिग्रिन्न, म यसलाई अवसरमा परिणत गर्छु : उपप्रधानमन्त्री लिङ्देन



अ+ अ-

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मन्त्री भएपछि बिग्रिन्छ कि भन्ने भ्रमलाई अवसरमा परिणत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार मन्त्री पदको सपथ लिएपछि पशुपतिनाथको दर्शन गरेर सिंदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उहाँले मन्त्री पद चुनौतीपूर्ण भए पनि आफूमा यसलाई अवसरमा बदल्न सक्ने दृढ विश्वास रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि एउटा महत्त्वपूर्ण अवसर भएको भन्दै उहाँले भन्नुभयो, “भन्नेहरुले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । त्यसकारण नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । लाग्छ, यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु ।

मलाई त्यो दृढ विश्वास छ ।” उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्न तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णयसमेत गर्नुभएको छ । मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्यदल बनाउने पहिलो निर्णय गरेको उहाँको भनाइ थियो ।