७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।  

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ८१ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ०७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९० पैसा तोकिएको छ।