५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।

अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री छन् ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

यसका साथै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए एक उपप्रधानमन्त्री थप हुन सक्नेछ ।