५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ: लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेको बताउनुभएको छ ।

उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रुपमा सपथ लिन लाग्नुभएका अध्यक्ष लिङ्देनले आज एक ट्विट गर्दै मन्त्रिपरिषद्मा सहभागी हुन गरेको निर्णयलाई लिएर असन्तुष्ट बनेका आफ्ना समर्थकहरुलाई धीरता राख्न अनुरोध गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु१ धैर्यता र सहयोगका लागि अपिल गर्दछु !”