२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई असमर्थन जनाउँदै विश्वासको मत  नदिने निर्णय गरेको छ ।

स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको भन्दै यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताउँद्र एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय पार्टीगत नभई व्यक्तिगत हुने बताए ।