काठमाडौं । समाज कल्याण परिषद् र एनएमबी बैंकबीच विद्युतीय माध्यमबाट भुक्तानी शुभारम्भ गरिएको छ ।
समाज कल्याण परिषदलाई विभिन्न संघसंस्थाले बुझाउने आबद्धत शुल्क तथा परिषदको मातहतमा रहेको भृकुटीमण्डप परिषदभित्रको पसल, स्टल, बुथ र इच्छुमति तरकारी बजारका व्यवसायीहरुले भाडा बापत बुझाउने रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न एनएमबी बैंकको सहकार्यमा आज (शुक्रबार)शुभारम्भ गरिएको हो ।