२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः आफन्तलाई शव बुझाउन सुरु



तस्बिरः रासस
अ+ अ-

पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको शव परिवारले बुझेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र शव परीक्षण सुरु गरिएको थियो । बाँकी शवको परीक्षण भइरहेकाले मङ्गलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा हालसम्म फेला परेका ७० शवमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाडौँस्थित शिक्षण अस्पतालमा शव परीक्षण हुनेछ ।

ती शवलाई हेलिकप्टरमार्फत मङ्गलबार काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।

शव बुझ्न अस्पताल परिसरमा बिहानैदेखि मृतकका आफन्त जम्मा भएका थिए । शव हस्तान्तरणमा अस्पतालले ढिलाइ गरेको भन्दै कतिपयले गुनासोसमेत गरिरहेका थिए । शव परीक्षणको प्रक्रियाले समय लिएपछि परिवारले बेलैमा शव बुझ्न नपाएका हुन् ।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनमा परी ज्यान गुमाएका ७० जनाको शव फेला परेको छ । विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । रासस