२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता
अ अ+ अ-

तासकेन्त । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र रुसबीचको सम्बन्ध हाल सुमधुर रहेको र आगामी दिनमा यसलाई थप सुदृढ बनाइने बताउनुभएको छ । आज उहाँले रुसी विदेशमन्त्री सेरगइ लाभरोभसँगको भेटका क्रममा सो कुरा बताउनुभएको हो । उहाँहरुबीच बिहीबार भेटवार्ता भएको थियो । त्यस क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्धका विभिन्न पाटोहरुका बारेमा कुराकानी गर्नुभएको थियो । 

त्यस भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा भएको भिडियो वार्ता र त्यस वार्ताका क्रममा दुई देशका राष्ट्रपतिका बीचमा भएको महत्वपूर्ण बैठकको स्मरण गर्नुभएको थियो । 

दुई देशका राष्ट्रपतिका बीचमा गत जनु महिनामा भिडियो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुबीच पनि आगामी दिनमा ती दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लैजाने विषयमा सहमति भएको थियो । त्यस वार्ताका क्रममा उहाँहरुद्धारा संयुक्त प्रेस वक्तव्य पनि जारी भएको थियो । यस वर्ष सांघाइ कोअपरेसन अर्गनाइजेसनको २० औँ वार्षिकोत्सव भएकोले यस अवसरमा पनि चीनले रुससँगको सहयोग, समन्वय र साझेदारीमाथि थप जोड दिन चाहेको धारणा पनि चिनियाँ विदेशमन्त्री वाङले दिनुभयो । 

त्यस भेटका क्रममा उहाँहरुबीचमा क्षेत्रीय चासोका विभिन्न विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा उहाँहरुले दुई देशले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि औषधि तथा खोपको सहयोग आदानप्रदान गर्ने मात्र नभएर राजनीतिक भाइरसका विरुद्धमा पनि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । 

उहाँहरुका बीचमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुका साथै त्यहाँ शान्ति स्थापनाका विषयमा पनि छलफल भएको थियो । अफगानिस्तानमा शान्ति स्थापनको काममा सहयोग गर्र्ने उहाँहरुले बताउनुभएको समाचारमा जनाइएको छ । (रासस-सिन्ह्वा)