२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको युद्धमा भारतीय फोटो पत्रकारको निधन



अ+ अ-

एजेन्सी । अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानी सेनाका वरिष्ठ अधिकारीले यो समाचारको पुष्टि गरेका हुन् ।

दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको समाचारमा उल्लेख गरिएको छ । बुधबार तालिबानले स्पिन बोल्डाक सहर र पाकिस्तानसँग जोडिएको सीमा–चौकीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटोग्राफर थिए र उनी पछिल्लो केही दिनयता अफगानिस्तानमा जारी युद्ध र तनावको अवस्था देखाउने तस्वीर खिच्दै आएका थिए ।

उनले सन् २०१० देखि रोयटर्समा कार्यरत थिए ।