• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

पोष्टमार्टम पश्चात् परिवारलाई शव बुझाइने



तस्बिरः रासस

काठमाडौँ । यती एयरलाइन्सले पोष्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ । एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोचमा दुर्घटना परेको नाइन एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो ।

दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने सो एयरलाइन्सले जनाएको छ ।

विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ । यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा (९८०१००७५३१) र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने (९८०२८२८८००) लाई सम्पर्क गर्न सकिने बताएको छ ।

यसैगरी, अस्पतालमा हर्क रावल (९८०२८११२२२) र सुष्मा श्रेष्ठ (९८०२८१२१११) सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ । रासस