२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आईतवार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताउनु भयो ।

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताउनु भयो । उहाँले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताउनु भयो ।

प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘विमान दुर्घटनाले हामी सबैको मन मस्तिष्कलाई हल्लाएको छ । अत्यन्त पीडा दिएको छ । यस्तो घटनाहरु पटकपटक दोहोरिरहेका छन् । यो अवस्थामा यो विषयलाई हरेक पटक घटना हुन्छ, त्यसपछि हामीले एउटा छानबिन समिति बनाउँछौँ, छानबिन समितिको निस्कर्ष के निस्किन्छ, त्यसको अत्तोपत्तो कसैले पाउँदैन । यो परिस्थितिको अन्त्य गर्नुपर्छ ।’

‘अहिलेसम्म विभिन्न यस्ता घटनाहरु भए । के कारणले भए ? त्यो सार्वजनिक गर्न जरुरी छ । अहिलसम्म जतिपनि दुर्घटनाका श्रृंखला नेपालमा भएका छन्, के के कारणले भयो ? त्यसको आधारमा यस्तो घटनाहरु, दुर्घटनाहरु दोहोरिन नदिन यथेष्ठ उपाय हामीले गर्नुपर्छ । होइन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिम भन्नेकुरा जान्छ । नागरिकको ज्यान जानुले नकारात्मक तस्बिर पनि संसारको सामुन्ने राख्छ । सरकारले यो विषय गम्भीरताका साथ लिनुपर्छ । हिजोको दर्दनाक घटनाबाट हामी सबै दुःखी छौँ । यस्तो दुर्घटन पटकपटक नदोरियोस् । त्यो नदोहोरिने सुनिश्चिाता मुखले नभइ कामबाटै सरकार र सम्बन्धित निकाय लागोस् भन्ने चाहन्छौँ ।’

आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ । अझै केही शव भने खोज्ने क्रम जारी छ ।