१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान

महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित
अ अ+ अ-

इटहरी । सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

इटहरीको जनता क्रिकेट पार्कमा सोमवार सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेट तथा पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेका हुन् ।

यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिमले वागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो ।

सोमवार गण्डकीले प्रश्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रनको पारी खेलिन् । यस्तै शोभा रोकाय ८ रनमा अविजित रहिन् । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले हात पारिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा ६० रनको योगफल बनाएको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि मनिषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी बिष्टले समान १/१ विकेट लिए ।

प्रतियोािगता अन्तर्गत सोमवार नै सम्पन्न दिनको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो । इटहरीको जनता पार्कमा ढिलो गरी शुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो ।

मैदान ओसिलो भएपछि ९ ओभरमा झारिएको खेलमा प्रदेश एकले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले पूरै ९ ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र ५० रन जोड्नसक्यो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ रनको जोडेकी थिइन् । १७ बल सामना गरेकी लक्ष्मीले ४ चौका र १ छक्का प्रहार गरेकी हुन् । कप्तान सरस्वती जिएमले ६ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् । रोमाञ्चक जित निकाल्ने कसिलो बलिङ गरेको प्रदेश १ का लागि संगीता राईले सर्वाधिक ३ विकेट निकाकल्दा सबनम राई, ज्योती दनुवार र रुबिना क्षेत्रीले समान १/१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले छोट्याइएको ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन बनाएको थियो । काजल श्रेष्ठले सर्वाधिक २१ रनको पारी खेल्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन् । यस्तै अप्सरी बेगमले १२ रन जोड्दा स्मृति कटुवाल र सबनम राई क्रमश ४ र १ रनमा अविजित रहे । प्रदेश १ को चार विकेट निकाल्ने क्रममा लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभष्णा बिसीले १/१ विकेट लिए । यस जितसँगै प्रदेश १ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश १ समूह बी को शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुनेछ ।