३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय भागवण्डा: एमालेलाई ८ र राप्रपालाई २ मन्त्रालय



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति भएसँगै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

बालकोटमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्नेबारे सहमति भएको थियो ।

सहमतिअनुसार गठबन्धन दलहरुलाई ८ सांसद बराबर एक मन्त्रालय दिइने छ । जसअनुसार एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ । अहिले एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ ।

तर एमालेका ३ विनाविभागीय मन्त्री भइसकेकाले मन्त्रालयको जिम्मेबारी पाइसकेका छैनन् ।

त्यस्तै सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) को भागमा ४ मन्त्री र १ राज्यमन्त्री परेको छ । सरकारमा अहिले माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । माओवादी केन्द्रले पाउने अन्य मन्त्रालयको नाम टुंगो लागिसकेको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ऊर्जा मन्त्रालयसहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकाससहित २ वटा मन्त्रालय पाउने भएका छन् ।