५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय भागवण्डा: एमालेलाई ८ र राप्रपालाई २ मन्त्रालय



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा सहमति भएसँगै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

बालकोटमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार गर्नेबारे सहमति भएको थियो ।

सहमतिअनुसार गठबन्धन दलहरुलाई ८ सांसद बराबर एक मन्त्रालय दिइने छ । जसअनुसार एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ । अहिले एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ ।

तर एमालेका ३ विनाविभागीय मन्त्री भइसकेकाले मन्त्रालयको जिम्मेबारी पाइसकेका छैनन् ।

त्यस्तै सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) को भागमा ४ मन्त्री र १ राज्यमन्त्री परेको छ । सरकारमा अहिले माओवादी केन्द्रबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । माओवादी केन्द्रले पाउने अन्य मन्त्रालयको नाम टुंगो लागिसकेको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ऊर्जा मन्त्रालयसहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकाससहित २ वटा मन्त्रालय पाउने भएका छन् ।