१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टु: नेपालमा हुने त्रिदेशीय सिरिजको तालिका सार्वजनिक



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको घरेलु मैदानमा खेलिने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

किर्तिपूरको टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ ।

फेब्रुअरी १४ मा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

यस्तै नेपालले नामिबियासँगको दोस्रो खेल फेब्रुअरी १८ मा खेल्नेछ भने स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ ।

विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यस्तै, ३२ खेलमा ४६ अंक जोडेर स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।