२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठकमा पनि माधव समूह गएन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरको ल्होत्से हलमा  शुरु भएको छ । 

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सहभागी भएका छैनन् । 

सरकारबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । 

आजै बसेको स्थायी समितिको बैठकलाई रोकेर एकता  प्रक्रिया अघि बढाउन आग्रह गर्दै सो समूह आफ्ना कुरा राखेर फर्किएका थिए । 

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल , सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य  पुगेका थिए ।