२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने अध्यक्ष ओलीको आँकलन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले एमाले फुटाउन प्रयास हुनसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता समेत रहनुभएका ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी समेत गर्नुभयो ।

रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको समेत जिकिर गर्नुभयो ।

‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’ उहाँले भन्नुभयो ।