२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग लिभरपुल ३-० गोलले पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन सोली मार्चले दुई तथा ड्यानी वेलवेकले एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातमै अर्थात् ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई खेलमा सुरुवाती अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा मार्चले गोल गर्दै अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा वेलवेकले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए ।

यस नतिजासँगै १८ खेलबाट ३० अंक जोडेको ब्राइटन तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट २८ अंकसहित लिभरपुल भने नवौं स्थानमा छ ।