१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग लिभरपुल ३-० गोलले पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन सोली मार्चले दुई तथा ड्यानी वेलवेकले एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातमै अर्थात् ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई खेलमा सुरुवाती अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा मार्चले गोल गर्दै अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा वेलवेकले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए ।

यस नतिजासँगै १८ खेलबाट ३० अंक जोडेको ब्राइटन तालिकाको सातौं स्थानमा रहँदा समान खेलबाट २८ अंकसहित लिभरपुल भने नवौं स्थानमा छ ।