• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय सदस्यमा मनोनीत



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।

यसअघि नेकपा एसको सचिवालयमा अध्यक्ष माधवकुमार नेपालसहित ११ जना सदस्य थिए । अब भूसाललाई पनि सदस्यमा मनोनीत गरेपछि सचिवालय १२ सदस्यीय बनेको छ ।

सचिवालयमा ुसम्मानित नेताु झलनाथ खनालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहेका छन् ।

शुक्रबार एक कार्यक्रमबीच भूसाल पार्टी प्रवेश गरेका थिए । गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए ।