११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.28

Wind: 2.57

Humidity: 19

Latest
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की आईपीएलमा आज बेंगलुरु र राजस्थान खेल्दै, राजस्थानको कप्तानी रियान परागले सम्हाल्ने बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म टहरा भत्काएर सडक विस्तार पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिकामा दाहालले सासंदलाई यस्तो दिए निर्देशन बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो विदेशी मुद्रा सञ्चिति,विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि -राष्ट्र बैंकको प्रतिबेदन सहित



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पाँचौँ अर्थात मंसिर महिनामा मुद्रास्फीति दर ७.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई रु.६७ अर्ब ३० करोड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रु.६६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०।० प्रतिशत, २२।६ प्रतिशत र २१।४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.४८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१९५ अर्ब १ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

त्यस्तै २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा रु.१२९२ अर्ब ५६ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई रु.११३९ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु।१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३।८ प्रतिशतले कमी आई रु।१५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.१११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.७८ अर्ब ४४ करोड ९१.७ प्रतिशत० ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूकोकुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.१ प्रतिशत, ३१।५ प्रतिशत र ५४.३ प्रतिशत रहेको थियो ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.२ प्रतिशत रहेको छ । २०७८ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३९।० प्रतिशत रहेको थियो ।

Loading...